कोरोनाबाट भेरी अस्पतालमा २ को मृत्यु, कोहलपुरका ४३ वर्षका पुरुषको पनि ज्यान गयो

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालगन्जको भेरी अस्पतालमा उपचार गराइरहेका मध्ये एकैदिन दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार कोहलपुर नगरपालिका ८ का ४३ वर्षका पुरुषको मृत्यु भएको हो । २१ साउनमा भेरी अस्पतालमा भर्ना भएका उनको शुक्रबार बिहान १ः३० बजे निधन भएको हो । त्यसैगरी कैलालीको टीकापुर नगरपालिका ८ की ४५ वर्षकी महिलाको पनि शुक्रबार बिहान ४ बजे निधन भएको थियो । २० साउनमा कोरोना संक्रमण भएकी थिइन् । योसँगै कोरोनाबाट जिल्लाका अस्पतालमा बाँकेमा तीन सय २४ जना र बाहिरी जिल्लाको तीन सय ८७ जनाको मृत्यु भइसकेको छ ।