डुडुवा-५ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी

 

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका-५ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी भएको छ ।
डुडुवाको पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा सोमबार बसेको बैठकले वडा नं.५ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने निर्णय गरेको हो । पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोले अन्य पालिकाले आफनो वडा बाल विवाह मुक्त वडा घोषणा गरे पनि डुडुवा गाउँपालिका मधेशी बस्ती भएको हुदाँ अहिलेसम्म वडा बालविवाह मुक्त हुन नसकेको तर पनि वडा नं. ५ मिश्रित बस्ती भएकोले घोषणा गर्न लागेको बताइन् ।
डुडुवाको जनचेतना किशोरी क्लबका किशोरीहरुको सक्रियतामा घरदैलो अभियानमा सक्रिय भएर लागेर असोज महिनाभित्र बालविवाह मुक्त वडा घोषणा गने बाल अधिकार समितिले निर्णय गरेको छ । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको सहकार्यमा डुडुवा गाउँपालिकामा बालविवाह रोकथाम परियोजना सन्चालन गरिरहेको छ ।