बाल मन्दिरमा ५० शैयाको आइसोलेसन

नेपालगन्ज : बाल मन्दिर नेपालगन्जमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि बाल मन्दिरमा शुक्रबारदेखि ५० शैयाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितीमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अक्सिजन सहितको ५० शैयाको आइसोलेसन केन्द्रको उद्घाटन गरेका हुन् । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले केन्द्रमा शनिबारदेखि नै संक्रमितहरुलाई राखिने बताएका छन् ।