जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले जबरजस्ती करणी मुद्दाको एक जना फरार प्रतिवादीलाई ११ बर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके जिल्ला अदालतको १ जेठ २०६८ को फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकिएपछि फरार भएका डुडुवा–३ का ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई सोमबार पक्राउ गरिएको हो । कैद तोकिए लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।