बुधबार, मंसिर १०, २०७७ / Wednesday 25th November 2020

‘आर्ट अफ इटिङ’ : १० नियम

बिहानको भोजन शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउने, नास्ता पनि हुने भोक पनि मेटाउने, स्फूर्ति पनि दिने, सस्तो पनि पर्ने, घरमै बनाउन पनि मिल्ने, अंकुरित अन्न खाऔं
लेखक : डा. राजु अधिकारी

डा. राजु अधिकारी

हाम्रो आहार एउटा विस्तृत र अन्तहिन विषय होे । यसमा संसारमा आजसम्म न कोही विज्ञ हुन सकेको छ, न विशेषज्ञ । यसलाई प्रयोग गर्ने, अध्ययन गर्ने, सबैभन्दा ठूलो प्रयोगशाला आफ्नै जिन्दगी हो । सबैभन्दा ठूलो विद्वान, सबैभन्दा ठूलो विशेषज्ञ, सबैभन्दा ठूलो दार्शनिक, सबैभन्दा ठूलो मुनि तपस्वी त्यो हो जो के खान हुन्छ र के खान हुन्न भन्ने कुराको ज्ञान राख्छ । जो खानपानको ज्ञान राख्छ । जीवनको ज्ञान राख्छ । देहको ज्ञान राख्छ । ऊ नै सबैभन्दा ठूलो विद्वान, सबभन्दा ठूलो वैज्ञानिक, सबभन्दा ठूलो ज्ञाता र सबभन्दा ठूलो दूरद्रष्टा हो । कोरोना कहरका बेलामा खानपान व्यवस्थापन अर्थात आर्ट अफ इटिंङमा ध्यान दिनुपर्छ ।

अधिक भोजन नगरौं
हामीले जसरी भोजन गर्छौ । नियमित रुपमा यतिखेर शरीरलाई धेरै क्यालोरी हुने, धेरै उर्जा, धेरै कार्बोहाइडेड चाहिएको छैन । घटाइदिन अनुरोध गर्छु । तीन पटक भोजन गछौं भने एक पटकको भोजन कटौती गरौं । दुई पटक मात्र खाऔं । या बेलुकाको भोजन हामीलाई गलाउने, थकाउने, रोग व्याधी उत्पन्न गर्ने मात्रै हो । त्यसैले बेलुका रसाहार, स्वल्पहार र फलाहारमा जानु प-यो । बेलुका अन्नहार नगर्दा राम्रो । बिहान शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउने, नास्ता पनि हुने भोक पनि मेटाउने, स्फूर्ति पनि दिने, सस्तो पनि पर्ने, घरमै बनाउन पनि मिल्ने, स्प्राउड (अंकुरित अन्नहरु) अवश्य खाऔं । चना, हरियो मुंग, केराउ, गहुँ, मेथी, ज्वानो र बदाम यी चिजहरु भिजाएर मजाले थोरै (५० ग्राम) सख्खरसँग खाए पुग्छ । सख्खरले पेटले बाथ र पित्त दुबैलाई सन्तुलित गर्छ । कफलाई निकाल्छ । अंकुरित अन्नले सम्पूर्ण पोषण तत्व (६४ प्र्रकारका सुक्ष्म पोषण तत्व छन् दुनियाँमा) टुसाएको गेडागुडीमा हुन्छ । यो अमृत भोजन हो । मृत भोजन होइन । म निवेदन गर्छु । यो क्वाटी होइन । क्वाटीमा सिमी हुन्छ । भटमास हुन्छ । अनेक प्रकारका राजमा हुन्छ । यसमा त्यो हुँदैन ।

अम्लिय खानेकुरामा जोड
यतिखेर कागतीजन्य अमिलो यतिखेर प्रसस्तै खानुपर्छ । कोरोना हाम्रो कपालको टुुप्पोभन्दा नौसय गुणा सानो यो भाइरस हाम्रो शरीरमा छिरिसकेपछि नासिका मार्गबाट मुखमार्गबाट स्वास मार्गबाट घाँटीमा पुग्छ । घाँटीमा यो चारदेखि नौ दिन बास बस्छ । अनि फोक्सोमा पुग्छ । फोक्सोबाट रगतमा पुग्छ । त्यसपछि जोखिम बढ्दै गयो भने मृत्युतिर लैजाने हो । त्यस कारण जसले नाक मुखबाटै निकाल्यो । घाँटीसम्म जानै दिएन । त्यसलाई यो रोग हुने सम्भावना नै भएन । घाँटीमा बस्ने कोरोनालाई पेटमा धकेलियो भने पेटमा जान पाउँदैन । अमिलो कागती लगायतका सिट्रिक एसिडले घाँटीमा बसेको भाइरसलाई पेटमा पु¥याइदिन्छ । पेटमा त अम्लको दह छ । अम्लको कुण्डमा त्यो प-यो भने त्यो भाइरस मर्छ । त्यसकारण घाँटीमा रहेको कोरोनालाई फोक्सोतिर जानबाट रोक्न अमिलोले काम गर्छ । कागती, सुन्तला, जुनार, भोगटे, भकिमिलो जे जे छ । ती सिट्रिक एसिड ताजा अमिलो हामी बिहान खाली पेटमा तातोपानीसँग सेवन गर्न सक्नेछौं ।

घामको चुल्होमा पाकेको खाने
हाम्रो खानेकुरा तीन ठाउँमा पाक्छ, घामको चुल्होमा, पेटको चुल्होमा र घरको चुल्होमा । जसले घामको चुल्होमा पाकेको बढी मात्रामा खान्छ । ऊ निःसन्देह स्वस्थ रहन्छ । जसले घरको चुल्होमा पाकेको बढी खान्छ । ऊ रोेगी हुुन्छ, हुन्छ । अहिले त्यही देखिन्छ । जसले पेटको चुल्होमा पाकेको खाना खान्छ ऊ दीर्घरोगी र महारोगी बन्छ । त्यसकारण घामकै चुल्होमा पाकेर तयार भएको भोजन खाने बानी बसाऔं । तीन छाकमा कमसे कम एक छाक अपाक्वाहार अर्थात अग्नी सम्पर्र्क नभएको खानेकुरा खाऔं । जस अन्तर्गत टुसाएको गेडागुडी, फलफूल, सलादहरु, जडिबुटी हुन् । घामको चुल्होमा पाकेको खाना दिनमा एक पटक एक छाक त्यही पुग्ने गरी खानु प¥यो ।

 बेसार र जडिबुटी सेवन गरौं
सर्वाधिक एन्टिसेफ्टीक र एन्टिभाइरस क्षमता बेसारमा हुन्छ । हरेक पेय पदार्थमा थोरै काँचो बेसार राखेर अवश्य सेवन गरौैं । त्यस्तै गुर्जो, तुलसीलगायतका जडिबुटीहरु पनि एकदमै उपयोगी छन् हाम्रा लागि । हाम्रो भान्सामा अदुवा, टिमुर, सितलचिनी, ल्वाङलगायतका जे–जे मरमसलाहरु छन् । ती सबैमा एन्टिभाइरस, इन्टिसेफ्टिक, एन्टिबायोटिक, एन्टि फिभर, एन्टि फङ्गल सबै प्रकारका क्षमताहरु छन् । तिनीको सन्तुलित सेवन जारी राखौं । हाम्रो भूमिमा अथाह जडिबुटी छन् । अमेरिकामा बेसारको क्याप्सुललाई ८ देखि १० डलर तिरेर खान्छन् । हामी कहाँ त एक हजारमा एक पाथी बेसार पाइन्छ । हर्रो, बर्रो, अमला, गुर्जो, घ्यूकुमारी, चिराइतो, निम घरघरमै पाइन्छ । जसलाई औषधिको रुपमा होइन, भोजनमा सामेल गरौं । त्यसले फाइदा गर्छ ।

अन्न फलाउन बुद्धि लगाऔं पकाउन होइन
अन्न फलाउन बुद्धि लगाउनुपर्छ, न कि भोजन तयार गर्न । बुद्धि लगाएर बनाएको खानेकुरा त्यो नष्ट भयो । फलाउन बुद्धि लगाउनु पर्र्ने हो आजभोलि मान्छे पकाउन बुद्धि लगाउँछन् । फलाउन बुद्धि लगाउँदैनन् । कहाँबाट आयो ? कसरी आयो ? कुन केमिकलले धोएर आयो ? संसार कस्तो भइदियो भने कहाँ फल्यो, कसले फलायो थाहा छैैन । पकाउन चैं बुद्धि लगाउँछौं । पकाउने विद्या सिकाउन चार पाँच वर्ष तालिम लिनुपर्छ । जुन खानेकुरा तालिम लिएर सिकेर, पढेर पकाइन्छ । त्यसले रोग बाहेक केही पनि मिल्दैन । जस्तो ः पिज्जा, बर्गर, मन्चुरियन, हटडग, कोल्ड डगहरु । नामै छ डग छ यसले के पोषण दिन्छ ? बुुद्धि नलगाएर पकाएको मकै भटमास, दाल, भात, रोटी, फापर, चाम्रे भात, कुराउनी, ढिंडो यो पकाउन बुद्धि लगाउनु पर्दैन । तालिम लिनु पर्दैन । खानेकुरा फलाउन बुद्धि लगाऔं । पकाउन बुद्धि प्रयोग नगरौं । हामी स्वस्थ हुन्छौं ।

भोजनको स्रोत थाहा पाएर खाऔं
थालमा पस्किसकेपछि यो खानेकुराको मूल त यो हो भनेर छुट्याउनु, चिन्न र पहिचान गर्नुभयो भने त्यो भोजन स्वस्थकर छ । थालमा पस्किएको भोजन अगाडि टक्र्याइएको भोजनको स्रोत चिनिएन भने त्यसले रोग दिन्छ । जस्तै: गहुँको च्याख्ला चिनिन्छ । गहुँको आटा चिनिन्छ तर गहुँको मैदा चिनिँदैन । त्यो के हो, के हो ? ढुंगाको पिठो हो कि ? चुनाको पिठो हो कि ? चिनिँदैन । मैदाका सबै खानेकुराले सत्यनास, सर्वभ्रष्ट गर्छ, शरीरलाई । त्यस्तै, कोकाकोला, पेप्सी, जस्ता कोल्ड डिंङ्स कार्बोनेटेड डिंङ्स के ले बन्यो चिनिँदैन । केमिकलले बन्यो कि घोडाको मुत्रले बन्योे कि ? ढुंगा पखालेको पानीले बन्यो ? चिनिँदै चिनिँदैन । नचिनिकन खानै भएन हजुर । मूल श्रोत, त्यसको वृक्ष चिनेर खाइयो भने धेरै रोगबाट हामी बच्छौं । नचिनि खानु भएन ।

मसला बिनाको खाना
जुन खानेकुरामा नुन, तेल, मरमसला नमिसाइ स्वाद बढी छ । त्यो स्वस्थकर हो । जुन खानेकुरामा नुन, तेल, मरमसला मिलाएपछि मात्र स्वादिष्ट हुन्छ । त्यो रोगकारक खानेकुरा हो । त्यसकारण हामी खानेकुरा खाँदै छैनौं । आहार गर्दै छैनौं । मरमसला खाइरहेका छौं । कुनै दिन नुन हाल्न छुट्यो भने घर झगडा हुनसक्छ । हाम्रो ध्येय नुनसँग छ । न कि सब्जी तरकारीसँग । त्यसकारण दाल, तरकारी भात, भोजन गर्ने गरौं । प्राथमिकता नुन मसलालाई दिन छोड्यौं ।

सिंगो खानेकुरा खाऔं
जुन खानेकुरा हामी खाँदैछौं । त्यो सिँगै पाइन्छ, जुन टोक्न मिल्छ भने त्यो मनुष्यको भोजन हो । सिंगो टोक्न मिलेन भने मनुष्यको भोजन होइन । प्रायः सबै फलफूल सिँगै टोक्न मिल्छ । अन्न त सिंगै टोक्न मिलिहाल्छ । सागसब्जी सिंगै टोक्न मिल्छ । जडिबुटी सिंगै टोक्न मिल्छ । तर राँगा, कुखुरा, खसी सिँगै टोक्न मिल्दैन । त्यसैले यो मनुष्यको भोजन होइन । पशुले मात्र सिँगै टोक्छ । सिँगै टोक्न मिल्ने हुनाले आजभोलि होटल रेष्टुरेन्टमा ठूला ठूला कुखुरा, खसी सिँगै राखेको हुन्छ । बँदेल पनि सिँगै हुन्छ । त्यो झल्को दिनलाई मात्र हो । त्यसकारण त्योे हाम्रो भोजन होइन ।

तिर्खा मेटाउने खाना खाऔं
जुन खानेकुरा खाँदा तुरुन्तै प्यास लाग्छ । त्यो रोग कारक भोजन होे । जुन खानेकुरा खाएपछि प्यास लाग्दैन । बरु प्यास मेटिन्छ । त्यो स्वास्थ्य कारक भोजन हो । बजारको जङ्क फुड, तारेको, झानेको, बासी सबैले तिर्खा लगाउँछन् । तर घरमा पकाएको दालभात सामान्य तरकारीले तिर्खा लगाउँदैन । खिचडीले लगाउँदैन । फलफूलले लगाउँदैन । जुस, सुपले लगाउँदैन । त्यसकारण तिर्खा लगाउने होइन, तिख्रा मेटाउने खाना खाने गरौं । हामी स्वस्थ हुन्छौं ।

उपवास बसौं
मैले पाँच छ वर्ष अनुसन्धान गरेर खाने कसरी, पिउने कसरी नामक पुस्तक प्रकाशित गरेको छु । त्यसको सार हो, जो खाइरन्छ । ऊ रोगी हुन्छ । जो खान छोड्ने पनि गर्छ ऊ निरोगी वा स्वस्थ हुन्छ । त्यसकारण खाइरहनु मात्र मजा होइन । यदाकदा हप्तामा एक छाक, १५ दिनमा एक छाक, महिनामा एक दिन, निराहार बस्ने ग¥यौं भने जुन दिन खाना खाँदैनौं । त्यो दिन हाम्रो पेटको आगो, शरीरको अग्नीले शरीरको बोसो र दोषहरुलाई जलाइदिन्छ । बाहिर निकाल्छ । त्यसकारण उपवास बसेका दिन यात साह्रो मल निस्कन्छ यात गिलो पखाला जस्तो । यसो हुनुको कारण के हो भने शरीरका दोषहरुलाई निकालिदिन्छ । उपवास बसेको दिन शरीर तातो हुन्छ । हाम्रो शरीरको अग्नीले शरीरका रोगहरुलाई पगाल्दैछ, पखाल्दैछ भनेर । (लेखक अधिकारी खाने कसरी, पिउने कसरी पुस्तकका लेखक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *