राप्तीसोनारी पनि ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका पनि ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ भएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले सोमबार राप्ती सोनारीलाई ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा गरेका हुन् । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम गाउँपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएको छ । यस अघि बाँकेका अन्य स्थानीय तह पनि ‘पूर्ण खोप सुनिश्चितता’ घोषणा भइसकेका छन् ।