खजुरा र जानकीका किशोरकिशोरीका लागि लेखनकला कार्यशाला

खजुरा : बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका किशोरकिशोरीहरुका लागि आयोजना गरिएको दुई दिने लेखन कला कार्यशाला सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको आयोजनामा सञ्चालन गरिएको लेखन कला कार्यशालामा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले स्टोरी लेखनबारे सहजीकरण गरेका छन् । प्लान इन्टरनेशनल नेपालकी सृजना बज्राचार्यले आर्ट इज पावरका विषयमा जानकारी गराएकी थिइन् । कार्यशालामा किशोरकिशोरीहरुले बालविवाह, महिला हिंसा, लैगिंक समानता, सामाजिक विभेद, बाल अधिकारलगायतका विषयको स्टोरी लेखेका थिए । ती मध्ये ६ जनाले लेखेको स्टोरी अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएको स्याककी पूजा बच्छेलले बताइन् ।