भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना

नेपालगन्ज : भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर लाई दुइ लाख रुपैयाँ जरिवाना गरिएकोे छ ।
बाँकेको संयुक्त बजार अनुगमन टोलीले शुक्रबार गरेको अनुगमनको क्रममा “डग फुड्स” बढी मूल्यमा बिक्रि वितरण गरेको पाइएकोले जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए । खरिद मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा लिन नमिल्नेमा भाटभटेनीले ३० प्रतिशत नाफा लिएर डग फुड बिक्री गरेको पाइएकाले कारबाही गरिएको उपभोक्ता अधिकारकर्मी वसन्त गौतम बताए ।
अनुगमन टोलीले बिहीबार खजुरा बजारका अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई वटा व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिवाना गरेको थियो । लेवल नलगाइएका करिब चार सय बोरा चामल बिक्री वितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार मुल्य बराबरको खाद्य सामग्री समेत नष्ट गरिएको छ ।